नहरमा खसेर ट्याक्टर चालकको ज्यान

कञ्चनपुर, १५ असार– कञ्चनपुरको महाकाली सिँचाई आयोजनाको नहरमा खसेर गएराति ट्याक्टर चालकको ज्यान गएको छ । बेल्डाँडी गाउँपालिका वडा नं. ३ का भुवन दासको बिहीबार राति १०ः३० बजे ट्याक्टर नहरमा खस्दा मृत्यु भएको हो ।
चालक दासले चलाई रहेको से१त ५९२१ नम्बरको ट्याक्टर राति अचानक नहरमा खसेको थियो । दासको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुर्घटनाका कारण भने थाहा हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here