नव निर्वाचित पत्रकारलाई उद्योग वाणिज्य संघ र शिवमको सम्मान

मकवानपुर, २६ फागुन– मकवानपुर उद्योग वाणिज्य संघ र शिबम सिमेन्ट उद्योग लिमीटेडले नेपाल पत्रकार महाँसंघ मकवानपुरको नबनिर्बाचित कार्यसमिति, केन्द्रीय पार्षद तथा प्रदेशका पार्षदहरुलाई हेटौडामा स्वागत तथा सम्मान गरेको छ । बुधबार छुट्टा छुट्टै कार्यक्रमका आयोजना गरी पत्रकार महासंघ मकवानपुरको नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरेको हो ।

मकवानपुर उद्योग वाणिज्य संघले आफ्नो सभा हलमा गरेको कार्यक्रममा सम्बोधन गर्दै संघका अध्यक्ष राजकुमार न्यौपानेले पत्रकारिता कै माध्यमले निजी क्षेत्रले उत्पादन गरेका वस्तुहरुको बजारीकरणमा सघाउ पुग्ने भएकाले त्यस तर्फ विषेश ध्यान दिन आग्रह गर्नुभयो । न्यौपानेले मकवानपुरका संचारकर्मीहरुका लागि आर्थिक रुपमा टेवा पुग्ने खालका काम गर्न संघको तर्फबाट आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष हरि हुमागाईले मकवानपुरका पत्रकारले निजी क्षेत्रलाई साथमा राखेर अघि बढी रहेको बताउनु भयो । उद्योगी व्यवसायीकै कारण मिडीया संचालनमा सहयोग पुगेको भन्दै अध्यक्ष हुमागाईले अबका दिनमा पनि मिडीयालाई संस्थागत रुपमा सहयोग गर्न आग्रह गर्नुभयो । संघका पदाधिकारी, सदस्यहरु समेत उपस्थिति रहेको सम्मान कार्यक्रममा संघका महासचिव महेन्द्र राउत, उद्योग बाणिज्यसंघका कार्यसमितिका सदस्य उज्वल चौलागाई, महासंघका केन्द्रीय पार्षद भानुभक्त आचार्य लगायतले मन्तब्य व्यक्त गर्नु भएको थियो ।

यस्तै, हेटौडाको हटियामा रहेको शिबम सिमेन्ट उद्योग लिमीटेडले पनि नबनिर्बाचित कार्यसमिति, केन्द्रीय पार्षद तथा प्रदेशका पार्षदहरुलाई स्वागत तथा सम्मान गरेको छ । उद्योगका मार्केटिङ म्यानेजर केशब अर्याल, उद्योगका अर्का म्यानेजर तेज बराल, उद्योगका प्रशाशन प्रमुख अच्युत पराजुली लगायतकाले नबनिर्बाचित टिमलाई स्वागत गरेको हो ।

कार्यक्रममा बोल्दै पत्रकार महाँसंघ मकवानपुरका अध्यक्ष हरि हुमागाँईले हेटौडामा संचालनमा रहेको उद्योगले यस जिल्लाका संचार माध्यमलाई मायाँ गर्नका लागि आग्रह गर्नुभयो ।

काठमाण्डौका सबै मिडीया हाउसलाई बिज्ञापन दिईरहँदा मकवानपुरका सबै मिडीया हाउसहरुलाई पनि बिज्ञापन दिने वातावरण तयार गर्न समेत आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here