नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुद प्रतियोगितामा यस्ता खेल

काठमाडौं, २२ असार– राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिता आजवाट सुरु हुदैछ ।

प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, कराते, उसु, फुटबल र क्रिकेट गरी ८ खेलमा प्रतिस्पर्धा हुने रनिङ सिल्ड सञ्चालन तथा व्यवस्थापन समितिका सचिव मीनकुमार शर्माले जानकारी दिनुभएको छ ।

खेलमा पाँच विकास क्षेत्रबाट १ सय ४२ का दरले जम्मा ७ सय १ खेलाडी सहभागी हुनेछन क्रिकेट खेलमा भने छात्रा टोली मात्र सहभागी हुनेछ ।
समुह खेलमा टिम च्याम्पियनले २५ हजार, उपविजेताले २० हजार र तेश्रोले १५ हजार पुरस्कार प्राप्त गर्नेछन् । एथलेटिक्स, भलिबल र कबड्डीको पदकलाई मात्र निश्चित अंक प्रदान गरी समग्रमा टिम च्याम्पियनको घोषणा गरिने छ । व्यक्तिगत स्पर्धामा क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here