नवौं अन्तर्राट्रिय एकल महिला दिवस मनाइँदै

काठमाडौं,८ असार ।  आज नवौं अन्तर्राष्ट्रिय एकल महिला दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाईंदैंछ । यस वर्षको दिवसको नारा ‘कसैलाई पनि पछाडी नपारौँ’ तय गरिएको छ । दिवसका अवसरमा एकल महिला समूहले काठमाडौँमा एकल महिला सम्मान तथा भेलाको आयोजना गरेको छ ।

दिउँसो २ बजे जेष्ठ एकल महिलाहरुलाई सम्मान गर्ने एकल महिला समूहकी संस्थापक अध्यक्ष लिली थापाले जानकारी दिनुभयो । देशका विभिन्न स्थानका एकल महिलालाई छात्रवृत्ति तथा राहत वितरण गर्ने कार्यक्रम पनि रहेको छ ।

दिवसकै अवसर पारेर प्रदेश–२ का एकल महिलाहरुको भेला आजदेखि काठमाडौँमा सुरु हुदैछ । भेलामा एकल महिलाको बर्तमान अवस्था, अवसर र चुनौतिबारे छलफल हुने थापाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here