नरेन्द्र मोदीकी पत्नी जसोदावेन सडक दुर्घटनामा घाइते

नयाँदिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी जसोदावेन बुधबार सडक दुर्घटनामा घाइते भएकी छन् । राजस्थानको राष्ट्रिय राजमार्गमा एउटा ट्रकसँग उनी चढेको कार ठोक्किँदा भएको दुर्घटनामा उनका एक आफन्तको मृत्यु भएको छ । कारमा रहेकी जसोदावेन, उनका अंगरक्षक र चालक सामान्य घाइते भएका छन् ।

कारमा ७ जना सवार थिए । प्रहरीले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान थालेको जनाएको छ ।  सन् १९६७ मा मोदी र जसोदावेनबीच बिहे भएको थियो । तर बिहेको ३ महिनापछि नै उनीहरु अलग बस्दै आएका छन् । सन् २०१४ मा प्रधानमन्त्रीको नामांकन दर्ता गर्ने बेलामा मात्र प्रधानमन्त्रीले आफ्नो बिहे भएको खुलासा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here