नयाँ शैक्षिक सत्रकालाई आजदेखि राष्ट्रिय भर्ना अभियान सुरुहुदै

काठमाडौं,२ बैशाख ।  सरकारले आजदेखि विद्यालय भर्ना अभियान सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष वैशाख एक गते रारा पुगेर सोही कार्यक्रमको घोषणा गर्नु भएको थियो । त्यसै सिलसिलामा सरकारले आज राष्ट्रिय भर्ना अभियान दिवस घोषणा गर्ने कार्यक्रम समेत तय गरेको छ ।
२०६१ सालदेखि विद्यालय उमेर समूहका विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउन सरकारले विभिन्न कार्यक्रम गर्दै आएको छ । यसपाली ‘हाम्रो नगर, हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याऊँ’ भन्ने नाराका साथ अभियान सुरु भएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले बताउनु भयो ।
उहाँले विद्यालय भर्ना गर्ने अभियान आफैमा महत्वपूर्ण भएकाले त्यसमा सरकारले विशेष जोड दिएको बताउनु भयो । पोखरेलका अनुसार सरकार यो वर्ष १० लाख नयाँ बालबालिका भर्ना गर्ने उद्देश्यमा रहेको छ । मन्त्री पोखरेलले यो अभियानबारे जति जानकारी दिइयो त्यति नै नयाँ बालबालिका विद्यालय भर्ना हुन आउने र त्यो समग्र शिक्षाको प्रगतिमा सहयोगी बन्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here