नयाँ शक्तिका नयाँ कुराः२५ वर्षमा प्रतिव्यक्ति १५ हजार डलर आय( पार्टीकाे चुनावी प्रतिबद्धतापत्र सहित)

काठमाडौं, १९ बैशाख– बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले स्थानीय तहको चुनावका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

सोमबार राजधानीमा आयोजित कार्यक्रममा भट्टराईसहितका नेताहरुले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । नयाँ शक्ति पार्टी पहिलोपटक चुनावमा सहभागी हुँदैछ । आफ्नो दलको चिन्ह आँखा नपाएपछि उसले संघीय समाजवादी फोरमको चिन्ह ‘मसाल’ लिएर चुनावमा जाने भएको छ ।

नयाँ शक्तिले ‘अरुले गर्छन् कुरा, हामी गर्छौं पूरा’ भन्ने मूल नारासहितको प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो । उसले स्थानीय तहको निर्वाचनका लागि आर्थिक विकास र समृद्धिलाई प्राथमिकतामा राखेको छ ।

पार्टीको पाँच ‘स’ समृद्धि, समानुपातिक–समावेशी र सहभागितामुलुक लोकतन्त्र, सुशासन–सदाचार, स्वाधिनता–सार्वभौमिकता र समुनन्त समाजलाई प्रतिबद्धतापत्रमा समेटिएको छ ।

नयाँ शक्तिले २५ वर्षमा प्रतिव्यक्ति आय १५ हजार डलर पुर्‍याउनेलगायतका आर्थिक समृद्धिका लागि योजनाहरु पनि अघि सारेको छ । आजको कान्तिपुरमा खबर छ ।

नयाँ शक्ति पार्टीकाे प्रतिबद्धतापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here