नयाँ शंक्तिका भट्टराईको यस्तो विज्ञप्ती

काठमाडौं, ६ जेठ– नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले चुनावी नतिजा आश गरेभन्दा धेरै कमजोर आएको भन्दै निराशा व्यक्त गरेका छन् ।

पहिलो चरणको स्थानीय निर्वाचनमा  एक स्थान भन्दा बढि ठाउँमा जित हात पार्न नसकेपछि प्रेस विज्ञप्ति जारी गर्दै भट्टराईले चुनावी अनुभवले पार्टीको पुनर्निर्माण गर्न अवसर दिएको उल्लेख गरेका छन् ।

भरपर्दो नयाँ विकल्प नपाएकाले मतदाता पुरानै शक्तिलाई रोज्न वाध्य उनको निष्कर्ष छ । विज्ञप्तिमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा अझ दृढताका साथ लाग्न र पुराना शक्तिहरुप्रतिको विकर्षणको सही विकल्प बन्न र बनाउन उच्च मनोबलका साथ अगाडि बढ्न शिक्षा प्राप्त भएको विज्ञप्तिमार्फत भट्टराईले बताउएका छन् ।

वैकल्पिक राजनीतिसँग डराएर षड्यन्त्रपूर्वक दलीय निर्वाचन चिन्ह नदिइएको पनि भट्टराईले आरोप लगाएका छन् । पुराना राजनीतिक शक्तिहरुले राजनीतिलाई देशको सबैभन्दा ठूलो र भ्रष्ट संगठित उद्योग बनाएको उनले विज्ञप्ति मार्फत आरोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here