नयाँ जलस्रोत नीति ल्याउने तयारीमा सरकार

काठमाडौँ, २६ असार- सरकारले भूमिगत जलभण्डार घट्दै गएकामा चिन्ता व्यक्त गर्दै त्यसलाई पुनःभरणको व्यवस्था गर्न प्रभावकारी एवं बाध्यकारी व्यवस्थासहितको नीतिगत व्यवस्था गर्न लागेको छ ।

प्रस्तावित जलस्रोत नीतिमा भूमिगत जलभण्डारमा पुनःभरण गर्ने भावर, शहरी तथा अन्य क्षेत्रको रेखाङ्कन गरी त्यस्ता क्षेत्रमा प्रदूषण गर्ने तथा पुनःभरण कार्यमा बाधा पु¥याउने कार्यको नियन्त्रण गर्ने कडा प्रावधान राखेको छ ।

भूमिगत जलभण्डार वृद्धिका लागि सिमेन्ट कङ्क्रिट कालोपत्रे सडक आदिजस्ता पुनःभरणमा बाधा पु¥याउनेसहितको निरन्तर वृद्धिलाई अनुगमन गर्ने भएको छ ।

पुनःभरण गरिएको जलमा औद्योगिक प्रदूषक मिसिन नदिन त्यस्ता उद्योगबाट आउने निकासलाई प्रशोधन गरी सहन सीमाभित्र ल्याएपछि मात्र खोलानाला, खाली जमिन आदिमा छोड्ने व्यवस्था मिलाइने जलस्रोत नीतिमा समावेश गरिएको  छ ।

पुनःभरणको मात्रा वृद्धि गर्न आवश्यकताअनुसार वर्षाको पानी पोखरी तथा साना जलाशयमा संकलन गर्ने तथा भूमिगत जलभण्डारमा कृत्रिम पुनभरण आदि जस्ता उपयुक्त विधिको प्रयोग गर्ने विषय समेत समेटिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here