काठमाडौं,१२ माघ । देशमा नयाँ मुलुकी ऐन लागुभएसंगै काठमाडौं जिल्ला अदालतमा ५ महिनाको अवधिमा केटा पक्षबाट ३ सय ७९ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् ।
महिलाले मात्र पुरुषसँग सम्बन्ध विच्छेद गर्न पाउने अधिकारलाई सीमित गर्दै नयाँ मुलुकी ऐन जारीभएपछि ऐन लागुभएकै महिना भदौं महिनामा सबैभन्दा बढी ९६ मुद्दा पुरुषको पक्षमा मुद्दा दर्ताभएको जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार कृष्ण प्रसाद नेपालले जानकारी दिनुभयो ।
सरकारले गत भदौ १ गतेदेखि लागूहुने गरि नयाँ ऐन ल्याएसंगै देशैभरि पुरुषले सम्बन्धविच्छेदका मु्द्दा दर्ता गर्ने क्रम बढ्दो छ । पाँच महिनाको अवधिमा सम्बन्ध विच्छेदका लागि महिलाको तर्फबाट काठमाडौं जिल्ला अदालतमा ७ सय ४३ मुद्दा दर्ता भएका छन् ।
ऐन लागुहुनु पुर्व साउन महिनामा ४ सय ६३ मुद्दा दर्ताभएका थिए भने भदौं महिनामा पुरुष पक्षबाट ९६, महिला पक्षबाट ८७ मुद्दा दर्ता भएका छन् । त्यस्तैः असोज महिनामा ३९ पुरुष, १ सय ८७ महिला, कार्तिक महिनामा ८५ पुरुष र १ सय १० महिलाका पक्षबाट मुद्दा दर्ता भएका छन् ।
मंसिर महिनामा पुरुष पक्षबाट ८६ र महिला पक्षबाट १ सय ७० मुद्दा दर्ताभएको अदालतका श्रेष्तेदार नेपालले जानकारी दिनुभयो । त्यस्तै गत पुस महिनामा भने पुरुष पक्षबाट ७३ र महिला पक्षबाट १ सय ८९ सम्बन्ध विच्छेदको मुद्दा दर्ताभएको श्रेष्तेदार नेपालको भनाई छ ।

