नग्न व्यक्तिले गोली चलाउँदा अमेरिकामा चारको मृत्यु

काठमाडौं,१० वैशाख । अमेरिकी राज्य टेनेसीको न्यासभिल शहरको बाहिरी इलाकामा एक नग्न बन्दुकधारीले रेष्टुरेन्टमा गोलीबारी गर्दा चारको मृत्यु भएको छ ।
हमलाकर्ताले सेमी अटोमेटिक राइफलद्वारा गोलीबारी सुरु गरेको बीबीसीले जनाएको छ । तीनजनाको घटनास्थलमा नै मृत्यु भयो भने चौथो व्यक्तिको अस्पतालमा मृत्यु भयो । घटनामा अन्य दुईजनासमेत घाइते भएका छन् । पुलिसका अनुसार हमलाकर्ता नग्न थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here