नक्कली नोटसहित एक पक्राउ, अर्को फरार

काठमाडौँ, २७ माघ। प्रहरीले १ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ भने अर्का फरार रहेका छन्। महानगरीय प्रहरी प्रभाग, गोंगबुले ठूलो परिमाणमा नक्कली नोटसहित ओमबहादुर कुँवर क्षेत्रीलाई पक्राउ गरेको हो। हमल हिक्मत कुँवर फरार रहेका छन् ।

गएराति विशेष सूचनाका आधारमा प्रभागको टोली गोंगबुको गणेथानस्थित ह्याप्पी होम टोलमा छापा मारेको थियो। छापा मार्दा ओमबहादुरको कोठामा रहेको दराजबाट १४१ वटा हजार दरको नक्कली नोट भेटिएको थियो भने नजिकै रहेको हिक्मत कुँवरको कोठामा डसनामुनि ११ थान नक्कली नोट भेटिएको थियो ।

उनको खोजी भइरहेको प्रभागका प्रमुख प्रहरी निरीक्षक मोहन विक्रम केसीले बताउनु भयो। उनीहरुको साथबाट ५० थान पासपोर्ट पनि बरामद भएकाले उनीहरु मेनपावर एजेन्ट हुनसक्ने देखिएको प्रहरीले जनाएको छ। प्रहरीले ती पासपोर्टलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाउने तयारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here