धुर्मुस सुन्तली फाउण्डेसनद्धारा मुसहर बस्ती हस्तानतरण हुँदै

महोत्तरी, १ बैशाख– धुर्मुस सुन्तली फाउण्डेसनद्धारा महोत्तरी जिल्लाको बर्दिवासस्थित मुसहर बस्तीमा निर्मित एकीकृत नमुना मुसहर बस्ती आज औपचारिक रुपमा बस्तीवासीलाई हस्तान्तरण गरिँदैछ ।

गत पुस २५ गते हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले बस्तीको शिलान्यसा गरेका थिए । आज नयाँ वर्षको अवसर पारेर महजोडीले नै यो बस्ती हस्तान्तरण गर्दै छन् ।

बस्तीभित्रका केही संरचना धुर्मस–सुन्तलीका बावु आमाले हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारी फाउन्डेसनले जनाएको छ । बस्तीभित्र ५० वटा आवासीय घर र बस्ती बाहिर ३ वटा अन्य जाति समुदायका घर रहका छन् ।

त्यस्तै एउटा बालउद्यान, एउटा मन्दिर, १ सय २० फिट लम्बाईको भ्युटावर, प्रतीक्षालय, प्रवेशद्वार, पक्की सडक र नाला लगायतका संरचना बस्तीभित्रै निर्माण भएको छ । बस्तीको बीच भागमा ३५ फिट अग्लो भ्युटावर छ, जहाँबाट बस्ती सहित बर्दिबास चोक वरपरका रमणिय दृश्य हेर्न सकिन्छ । बस्ती बनाउन कति खर्च लाग्यो भन्ने कुराको लागत आजै बस्ती हस्तान्तरण समारोहमा सार्वजनिक गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here