धुमधाम र उत्सवका साथ विधान दिवसलाई ‘जनताको दिवस’ बनाइ मनाउँन प्रधानमन्त्रीकाे अाग्रह

काठमाडाैं,१७ भदाैंः प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसलाई ‘जनताको दिवस’ बनाउनुपर्ने बताउनुभएकाे छ । गृह मन्त्रालयले अाज आयोजना गरेको संविधान दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्ताे भन्नुभयाे ।

प्रधानमन्त्री ओलीले २०७२ साल असोज ३ गतसंविधानसभाबाट संविधान निर्माणका लागि जनताले ठुलो संघर्ष गरेकोले त्यसको खुशियालीको रुपमा आएको संविधान पनि जनताले खुशियालीपूर्ण ढंगले मनाउन पाउनुपर्ने बताउनुभयाे ।

उहाँले यस दिवसलाई सरकारी कार्यक्रम जस्तो मात्र नबनाइ शैक्षिक संस्था, स्थानीय तह लगायतका अन्य निकायहरुले पनि आ–आफ्नो ढंगबाट विविध कार्यक्रम आयोजना गरेर मनाउन आग्रह गर्नु भयाे । ‘संविधान दिवसलाई सबैको दिवस बनाउनु पर्दछ । यो जनजाती, महिला, दलित, मधेस, पहाड, हिमाल सबैको उत्सवको दिन हो,’  ‘यस अवसरमा सबै जातजातिले आफ्नो भेषभुषा र झाँकी प्रदर्शन गर्नु उपयुक्त हुन्छ ।’

प्रधानमन्त्री ओलीले संविधान दिवसको व्यापकतालाई थप वृद्धि गर्न प्रज्ञाप्रतिष्ठानलाई संविधान र समृद्धि विषयमा कविता गोष्ठी आयोजना गर्न आग्रह समेत गर्नु भयाे । प्रधानमन्त्री ओलीले संविधान दिवसका अवसरमा नेपाल टेलिकमलाई कम्तीमा एक हप्ताका लागि मोबाइल सेवामा सहुलियत प्रदान गर्न पनि आग्रह गर्नु भयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here