धितोपत्र दलाल व्यवसायीलाई भ्याट तिर्न तोकता

काठमाडौं,२८ मंसिर– सरकारले धितोपत्र ब्रोकरहरुलाई मूल्य अभिवृद्धि कर (भ्याट) तिर्न तोकता गरेको छ । आन्तरिक राजस्व विभागले ब्रोकरलाई पत्र काटेर १५ दिनभित्र तोकिएको भ्याट तिर्न निर्देशन दिएको हो ।

विभाग अन्तर्गतको करदाता सेवा कार्यालयले धितोपत्र दलाल व्यवसायीलाई मूल्य अभिवृद्धि कर निर्धारण गरी मंसिर २५ सम्मको जरिवाना, ब्याज, तथा थप दस्तुर गणना गरी भुक्तानी गर्न पत्र काटेको हो । विभागले यसअघि पनि केही ब्रोकरलाई पत्र काटेर ३ वर्षयताको भ्याट तिर्न भनेको थियो ।

ब्रोकरहरुले अघिल्ला वर्षको कर तिर्न नमानेपछि अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग, ब्रोकरहरुबीचको संयुक्त छलफलले उक्त विवाद टुंगाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here