धारा नेपालगंज म्याराथन दौड सम्पन्न

भिम नेपाली
नेपालगञ्ज ,बाँके
मंसिर-७
धारा नेपालगंज म्याराथनमा आज शनिबार दुई हजार बढी सहभागी एक साथ दौड सुरु भएको छ। आर्मी क्लबका धावक नवराज साउद पाँचौ धारा नेपालगञ्ज म्याराथनका च्याम्पियन बनेका छन् । उनले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा २५ मिनेट ४२ सेकेण्डमा पूरा गर्दै ६५ हजार रुपैयाँ प्राप्त गरेका छन् । क्रिएटिभ ह्याण्ड्सको आयोजनामा भएको म्याराथनतर्फ आर्मीकै खेलाडीले वर्चश्व कायम गर्दै शीर्ष ५ स्थान कब्जा गरेका छन् । दोस्रो स्थानका खगेन्द्र भाटले २ घण्टा २५ मिनेट ५८ सेकेण्डमा दुरी पूरा गर्दै ४० हजार रुपैयाँ पाए । तेस्रो स्थानका राजेन्द्र राउत २ घण्टा २९ मिनेट १४ सेकेण्डमा दुरी पूरा गर्दै २० हजार रुपैयाँले पुरस्कृत भएका छन् । चौथो र पाँचौ स्थान क्रमशः रामप्रसाद भट्टराई र देवराज महताराले हासिल गरे । एपीएफका गणेश ठकुरी छैटौं र बर्दियाका शेरबहादुर थारु सातौं भए । शीर्ष ८ स्थान हासिल गर्ने खेलाडीले नगद पुरस्कार प्राप्त गरेका छन् ।

महिला हाफ म्याराथनतर्फ आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले उपाधि हासिल गरेकी छिन् । उनले निर्धारित दुरी १ घण्टा ३० मिनेट २१ सेकेण्डमा पूरा गर्दै ४० हजार रुपैयाँ प्राप्त गरिन् । दोस्रो स्थान हासिल गरेकी राममाया बुढाले १ घण्टा ३० मिनेट ५८ सेकेण्डमा दुरी पुरा गरिन् । उनले २० हजार पाउँदा तेस्रो स्थान हासिल गर्दै कृष्णाश्वरी सिन्तकलाले १० हजार प्राप्त गरिन् । चौथो स्थानमा मन्जु रावत र पाँचौमा प्रतीक्षा मगर भइन।

पुरुष १० किलोमिटर खुलातर्फ अजित कुमार यादवले प्रथम स्थान हासिल गरेका छन् । उनले ३१ मिनेट ४० सेकेण्डमा दुरी पूरा गर्दै १० हजार रुपैयाँ पाए । दोस्रो स्थानका रामजी बस्नेतले ३२ मिनेट २० सेकेण्ड तथा तेस्रो स्थानका सन्तोष विक्रम विष्टले ३२ मिनेट २४ सेकेण्डमा दौड पूरा गरेका थिए । रामजीले ७ हजार तथा सन्तोषले ५ हजार रुपैयाँ पाएका छन् । महिला ५ किलोमिटरमा काजल विष्टले १८ मिनेट ४५ सेकेण्डमा दुरी पूरा गर्दै १० हजार पाइन् । जुनेली सुनारले दोस्रो हुँदै ७ हजार तथा कल्पना थारुले तेस्रो हुँदै ५ हजार प्राप्त गरिन् ।

५ किलोमिटर छात्रमा केशर मास्के प्रथम, एकेन्द्र विक दोस्रो र कमल विक तेस्रो भए । छात्रा ३ किलोमिटर दौडमा सिमा चौधरी प्रथम हुँदा पूर्णिमा खड्का दोस्रो र हरिमाया गुरुङ तेस्रो भइन् । २ किलोमिटर कर्पोरेट दौडमा केशव बिसी प्रथम, अरुण गौतम दोस्रो तथा डाक्टर सन्दीप गुरुङले तेस्रो स्थान हासिल गरे । व्हिल चेयर अन्तर्गत् ट्राइसाइकल दौडमा यज्ञ बहादुर खत्री प्रथम, सेवक राम थारु दोस्रो र शेरबहादुर शाही तेस्रो भए । किड्स रन तर्फ मोडल एकेडेमी प्रथम हुँदा युनाइटेड एकेडेमी दोस्रो र इन्टिग्रेटेड तेस्रा भएका छन् । धारा नेपालगन्ज म्याराथनका दौड निर्देशक चन्द्र गुरुङले बताए ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here