धर्मगुरु आचार्य श्रीनिवास पक्राउ…गोली हान्ने योजना आफ्नै

काठमाडौं,२४ बैशाख–मोरङको विराटनगरमा गोली प्रहारबाट घाईते भएका हिन्दु धर्मगुरु आचार्य श्रीनिवासलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले श्रीनिवासलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल क्षेत्रबाट पक्राउ गरी आज विराटनगरमा सार्वजनिक गरेको हो ।

आचार्य माथि गत चैत २५ गते विराटनगर महानगरपालिका–१४ स्थित जतुवामा रहेको रामजानकी मन्दिर परिसरमा गोली प्रहार भएको थियो । प्रहरी अनुसन्धानमा आफैले आफैलाई गोली हान्न लगाएको देखिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी अरुणकुमार बीसीले जानकारी दिनुभयो । news by ekantipur

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here