धम्बोझीमा अत्याधुनिक स्वचालित शौचालय आजदेखि संचालन

माघ- ६ नेपालगन्ज ,बाँके
नेपालगन्ज उपमहानगरपालिकाको धम्बोझीमा अत्याधुनिक स्वचालित शौचालय आजदेखि संचालन भएको छ ।

संगीतमय स्वचालित शौचालयको उत्घाटन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले स्वचालित शौचालय संचालनको लागि व्यवस्थित ढंग बाट सदुपयोग गर्न आग्रह गर्नु भयो।

शौचालयलाई सफा राख्नु आफैंमा चुनौतीपूर्ण हुने भन्दै प्रमुख राणाले सबैको साथ आवश्यक भएको बताउनु भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका वातावरण ईञ्जिनियर प्रकाश डिसीका अनुसार एसएनभी नेदरल्याण्ड विकास कोषले संचालन गरिरहेको स्वास्थ्य र विकासका लागि नगर सरसफाई तथा स्वच्छता कार्यक्रम अन्तर्गत् ४६ लाख ३६ हजार रुपैयाँको लागतमा स्वचालित शौचालय निर्माण गरिएको जनाएका छन।

नेदरल्याण्ड विकास नियोगले ८१ लाख १६ हजार रुपैयाँमा निर्माण गरेका तीन वटा सुलभ शौचालय उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ । त्यसलाई सहि तरिका ले सञ्चालन गर्न सबैको ध्यान जरुरी हुनुपर्ने बताए।


 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here