धनुषामा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडाैं, १३ माघ – धनुषा र सिरहाको सिमामा पर्ने कमला पुल नजिक भएको सुमो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।  चालकसहित ५ जना घाइते भएका छन् । घाइतेहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

ठमाडौंबाट झापा जाँदै गरेको बा ९ च ३३१४ नम्बरको टाटासोमु पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ को पोर्ताहास्थित कमला नदीको पुल नजिक आज बिहान अन्दाजी २ बजेतिर  पोखरीमा  खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मृत्यु भएकामा पाँचथर रविका प्रनिता राई, संखुवासभा धर्मदेवी वडा नम्बर ९ का  २९ वर्षिय नयाँराज जिमी, खोटाङ निर्मली डाँडाका २७ वर्षिय ज्ञानबहादुर चौहान, मोरङ लेटाङ ८ का ४० वर्षिय खेमकुमार रानामगर, मोरङकै ३३ वर्षिय बलराज न्यौपाने र  विराटनगर–४ की ३५ वर्षिय शारदा रेग्मी दाहाल रहेको धनुषाका ट्राफिक कार्यलयले जनाएको छ ।

अत्याधिक गतिको कारण मोडमा अनियन्त्रित भई सुमो दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here