धनगढी विष्फोटः विप्लव कार्यकर्ताको मृत्यु

file photos

काठमाडौं,३ साउन । कैलालीको धनगढीमा बम विष्फोट हुँदा घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ । विष्फोटमा घाइते भएका बझाङका राम सिंहको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको कैलालीका प्रहरी प्रमुख सुदीप गिरीले जानकारी दिनुभयो । प्रहरीले मृतक सिंहले नै बोकेको टिफिन बक्समा जडान गरिएको बम बिस्फोट भएको आशंका गरेको छ । बिस्फोटमा परी घाईते भएकाहरुको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ ।

हिजो साँझ शहीदगेट नजिकैकौ निलम होटलमा विष्फोट हुँदा पाँच जना घाइते भएका थिए । विस्फोटमा परी घाइते हुनेमा होटल सञ्चालक केशवराज पाण्डे, जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला रहेका छन् । घटनास्थलमा पेस्तोल समेत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरी प्रमुख गिरीले मृत्यु भएका सिंह र घाइते सेरेला विप्लव माओवादीका लडाकु नै रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको बताउनु भयो ।

यस्तै, प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले कैलाली विस्फोटको घटनामा कुनै पनि संलग्नता नरहेको बताएको छ । हरेक विस्फोटमा पार्टीलाई जोड्नु बदनाम गर्ने सरकारी नीतिमात्र रहेको कैलालीका जिल्ला सेक्रेटरी प्रकाश मल्लले बताउनुभयो । विस्फोट गराउने नीति आफ्नो पार्टीको नभएको पनि जिल्ला सक्रेटरी मल्लले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here