धनगढी उपमहानगरमा कांग्रेसका नृप बहादुर ओड विजयी

कैलाली, २४ असार– कैलालीको धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका नृपबहादुर वड १४ हजार ३२४ मतसहित मेयरमा विजयी हुनुभएको हो ।
स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई २ हजार ७९७ मतले पछि पार्दै वड मेयरमा चुनिनुभएको हो । हमालले ११ हजार ५२७ मत ल्याउनुभयो ।
यस्तै उपमेयरमा पनि कांग्रेसकी सुशीला मिश्र भट्ट १७ हजार ४०८ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी रुकमणी देवकोटाले १२ हजार ७७३ मत ल्याउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here