धनगढीमा जारी डीपीएलमा आज दुई खेल हुने

काठमाडौं,२१ चैत– धनगढी प्रिमियर लिगमा आज दुई खेल हुँदैछन । संघीय प्रहरी इकाई कार्यालयको मैदानमा हुने पहिलो खेलमा विराटनगर किङ्स र रुपन्देही च्यालेञ्जर्सबीच प्रतिस्पर्धा हुनेछ भने अर्को खेलमा सिवाईसी अत्तरीया र काठमाडौ गोल्डेन्स आमनेसामने हुँनेछन ।
डिपिएलमा खराव सुरुवात गरेको काठमाडौ आज रुपन्देहीलाई हराउँदै पुनः लयमा फर्किने लक्ष्यमा छ । पहिलो खेलमा महेन्द्रनगरसँग ३३ रनले पराजित भएको विराटनरको प्रतियोगितामा दोस्रो खेल हो ।
यता रुपन्देहीको यो लिगमा तेस्रो खेल हुँनेछ । उसले यसअघि खेलका दुई खेलमा दुबैमा हार ब्यहोरेको छ । अर्को खेलमा लिगको शिर्ष स्थानमा रहेको काठमाडौले अत्तरीयासँग खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here