काठमाडौं, १९ जेठ-कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले द्वन्द्व र हिंसा अन्ततः कतै न कतै गएर समाप्त हुने विषय भएको बताउनुभएको छ ।
उहाँले मानव अधिकार तथा शान्ति समाज स्थापनाको २२ औँ वर्षको अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै इतिहासको कुनै कालखण्डमा कुनै विषयमा हुने यद्ध हिंसात्मक भएपनि त्यस्ता युद्धबाट परिणाम निस्केपछि शान्तिमा रुपान्तरण भएका थुप्रै उदाहरण रहेको बताउनुभयो ।
मन्त्री तामाङले सङ्क्रमणकालीन न्यायको मर्मलाई आत्मसात गर्दै सरकारले तत्काल सङ्क्रमणकालीन न्यायसबम्न्धी ऐनलाई संशोधन गर्न लागेको बताउनुभयो । कार्यक्रममा मन्त्री तामाङले सरकार विधिको शासनको खिलापमा कहिल्यै नलाग्ने जानकारी दिनुभयो ।

