द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संघले सुरु गर्यो अनिश्‍चितकालिन धर्ना कार्यक्रम

काठमाडौं,२५ पुस । द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संघले माइतीघर मण्डलामा अनिश्‍चितकालिन धर्ना सुरु गरेका छन् । सशस्त्र द्वन्द्वपीडित सुरक्षाकर्मीको न्‍याय, सम्‍मान, सुविधा, अवसरको माग गर्दै संघले अनिश्चितकालिन धर्ना सुरु गरेका हुन् ।

संघले सरकारसँय २१ बुँदे माग राख्‍दै अनिश्‍चितकालिन धर्नामा द्वन्द्वपीडित सेना, प्रहरी र सशस्त्र प्रहरीका परिवारलाई धर्नामा उतारेको छ।

१२ वर्षदेखि द्वन्द्वपीडितहरुले माग सम्‍बोधन गर्न आग्रह गर्दा पनि राज्‍यले नसुनेको भन्‍दै धर्नामा बस्‍न बाध्‍य भएको द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संघकी अध्‍यक्ष हेम कुमारी घर्ती मगरले गुनासो गरिन् ।

उनकाअनुसार सहिद परिवारलाई मासिक निर्वाह भत्ता ७ हजार दिनु पर्ने, सहिद परिवालाई परिचयपत्र दिइनु पर्ने, सहिद परिवारको सम्पूर्ण उपचार निस्शुल्क गरिनु पर्ने, सन्ततिलाई सम्पूर्ण शिक्षा निस्शुल्क प्रदान गर्नु पर्ने र कम्तिमा एक सन्ततिलाई सरकारी नोकरी दिलाउनु पर्ने लगायतका माग राखिएको छ।

यस्तै हाल शान्ति मन्त्रालयले तयार पारेको घाइतेको स्वास्थ्य परीक्षण निर्देशिका अव्‍यवहारिक भएको भन्‍दै निवेदनको आधारमा मात्र पुनः स्वास्थ्य परीक्षण गर्न पाउनु पर्ने द्वन्द्वपीडित परिवार सघले माग गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here