दोहोरो रुपमा कर असुल्दा जनता मारमा पर्छन्: अर्थमन्त्री खतिवडा

काठमाडौँ, १ भदौ:अर्थमन्त्री डा युवराज खतिवडाले प्रचलित कानून र संविधान प्रदत्त अधिकारलाई ध्यानमा राख्दै कर असुल्न प्रदेश र स्थानीय तहलाई आग्रह गर्नुभएको छ ।

अर्थमन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “दोहोरो रुपमा कर असुल्दा जनता मारमा पर्छन्, त्यसतर्फ सम्वन्धित निकायले सोच्नुपर्छ ।”

अर्थमन्त्री खतिवडाले हुने खाने वर्गले धेरै, समान व्यक्तिसँग समान कर असुली गर्दै गरिबीको रेखामुनी बाच्न बाध्य जनतालाई राहत दिनु नै प्रगतिशील कर व्यवस्था भएको बताउनुभयो ।

जनताले कर तिरेपछि प्रतिफल खोज्नु स्वभाविकै छ, उहाँले भन्नुभयो, “स्थानीय तह जनताप्रति उत्तरदायी र जवाफदेही हुननसके यो व्यवस्थाप्रति नै जनताको गुनासो बढ्दै जान्छ ।”

कार्यक्रममा राजश्व सचिव शिशिरकुमार ढुुङ्गानाले साउन महिनाको राजश्व स¬ङ्कलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७ प्रतिशतले वृद्धि भएको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here