दोहोरो कर लिनेकाे विरुद्धमा सरकार:रक्षामन्त्री पोखरेल

काठमाडौं,१५ असाेजः कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले दोहोरो कर लिए त्यसविरुद्ध प्रतिकारमा उत्रन निजी क्षेत्रका व्यवसायीहरुलाई आह्वान गर्नुभएकाे छ । उहाँले कर सम्बन्धी अराजकता फैल्याउनेमाथि कडा कारबाही गर्ने चेतावनी दिनुभयाे ।

अाज ललितपुर उद्योग वाणिज्य संघको ३९ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै स्थानीय, प्रदेश र संघीय सरकारबीच कानुनको ठेगान नलागेकाले कर सम्बन्धी अराजकता देखिएको बताउनुभयाे ।

उहाँले त्यस्ता समस्या छिट्टै समाधान गर्ने आश्वासन दिनुभयाे । उहाँले सर्वसाधारणलाई मारमा पार्ने गरी सरकारले कर नलिने बताउनुभयाे । उहाँले करसम्बन्धि सबै समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here