काठमाडौं, १२ असार– स्थानीय तहको दोस्रो निर्वाचन आउन दुईदिन बाँकी रहदा निर्वाचन आयोगल चुनावको तयारी पुरा भएको जनाएको छ ।
निर्वाचन आयोगले स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको हो । असार १४ गते प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ गाउँपालिका र नगरपालिकाको नेतृत्व चयनका लागि निर्वाचन हुँदै छ ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले शान्ति सुरक्षासहित निर्वाचनको सम्पूर्ण व्यवस्थापन दुरुस्त रहेको बताउनुभयो ।
आयोगका अनुसार मतपेटिकासहित निर्वाचन सामग्री लिएर मतदान अधिकृतहरू सबै मतदान केन्द्र पुगिसकेको बताएको छ । सुरक्षाकर्मी र अन्य कर्मचारी व्यवस्थापनको काम पनि पुरा भएको आयोगले जनाएको छ ।

