दोस्रो चरणको निर्वाचनका लागि सुरक्षा रणनीति परिवर्तन गर्दै गृह मन्त्रालय

काठमाडौं,१६ मंसिर–सरकारले आगामी बिहिबार हुन लागेको दोस्रो चरणको निर्वाचनको सुरक्षा रणनीति परिवर्तन गर्ने भएको छ । विध्वंसात्मक तथा निर्वाचन विरोधी गतिविधि बढेपछि निर्वाचन आयोगको आग्रहमा सरकारले निर्वाचन सुरक्षा रणनीति परिवर्तन गर्न लागेको हो ।

निर्वाचन नजिकिएसंगै उम्मेदवार तथा मतदाता र मतदान केन्द्रको सुरक्षा खतरा बढेको निष्कर्षसहित निर्बाचन हुने ४५ जिल्लामा उच्चस्तरको सुरक्षा व्यवस्था प्रबन्ध मिलाउने तयारी भइरहेको गृह प्रवक्ता नारायणप्रसाद शर्माले जानकारी दिनुभयो ।

नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, म्यादी प्रहरी तथा राष्ट्रिय अनुसन्धान बिभागका गरी ३ लाख हाराहारीमा सुरक्षाकर्मी परिचालन गरेपनि आंतकित पार्ने गतिबिधि बढेपछि सबै निकायबीचको समन्वयमा सुरक्षा रणनीतिचुस्त र दुरुस्त पार्न लागिएको हो । यसका लागि संयुक्त गस्तीसँगै सादा पोसाकका सुरक्षा तैनाथी बढाइने शर्माले जानकारी दिनुभयो ।

विभिन्न स्थानमा भएका विष्फोटको घटना, निर्वाचनमा भय पैदा गर्ने उद्देश्यले भएको भन्दै उहाँले यस्ता गतिबिधि नियन्त्रण गर्न सुरक्षा निकाय सक्षम रहेको उल्लेख गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here