दोस्रो चरणको अभियान सुरु

काठमाडौं,१७ चैत– हात्तीपाइले रोग नियन्त्रणका लागि आजदेखि दोस्रो चरणको ‘औषधि सेवन गराउने अभियान’ सुरुभएको छ ।
स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चैत ५, ६ र ७ गते पहिलो चरणमा औषधि सेवन गराएको थियो ।

दोस्रो चरणमा आज, भोली र पर्सीसम्म यो औषधि खुवाइने महाशाखाले जनाएको छ ।  दोस्रो चरणमा झापा, मोरङ, सुनसरी, उदयपुर र कपिलवस्तुका जिल्लामा औषधि खुवाउने अभियान सञ्चालन हुने छ ।

यो औषधि दुई वर्ष मुनिका बालबालिका, गर्भवती, दीर्घरोगी, छारे रोगी, एकहप्ता नपुगेका सुत्केरी, सिकिस्त बिरामीले सेवन गर्न नहुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आचार्यले जानकारी दिनुभयो ।
नेपालका ६१ जिल्लामा हात्तीपाइले रोगको जोखिम देखिएपछि त्यसको नियन्त्रणका लागि सरकारले सन् २००३ देखि औषधि सेवन गराउने कार्य सुरु गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here