दोगडाकेदारमा मोबाइल एप्स सञ्चालन

बैतडी, २३ माघ ९रासस० स् आफ्नो कार्यालयका सम्पूर्ण सूचना तथा जानकारी छिटो र सजिलो तरिकाले उपलब्ध गराउने उद्देश्यले बैतडीको दोगडाकेदार गाउँपालिकाले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाले हिजोबाट गाउँपालिकाको मोबाइल एप्स शुरु गरेको सूचना प्रविधि अधिकारी जनकबहादुर विष्टले बताउनुभयो ।

एप्सबाट गाउँपालिकाका सूचनालगायत सबै क्रियाकपाल हेर्न र पढ्न सकिने भएको छ । गाउँपालिकाका कामबारे सुझाव, सल्लाह पनि एप्सबाटै दिन सकिनेछ । दोगडाकेदार नामक यो एप्स डाउनलोड गरेर प्रयोग गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यक्रममार्फत गाउँपालिकामा मोबाइल एप्स सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here