देशभरका राजमार्गहरु अवरुद्ध, कहाँ कहाँ पहिरो ?

काठमाडौं,३० असार । अविरल बर्षाका कारण बाढी र पहिरोले देशभरका राजमार्गहरु अवरुद्ध बनेका छन् । कतिपय स्थानमा सडक र पुल नै बगाएको छ । प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास जारी राखेको छ । महोत्तरीको वर्दिवास नगरपालिका १ र ४ जोड्ने पूर्वपश्चिम राजमार्गमा रहेको भप्सी खोलामा रहेको डाइभर्सन गरेको बाटोमा पानीको बहाव बढेपछि यातायात अवरुद्ध भएको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ महालक्ष्मी खोला नजिक पहिरो खसेर बिहानदेखि यातायात ठप्प छ । सिन्धुली–लगातारको वर्षाले पहिरो खसेपछि पाँचदिनदेखि वीपी राजमार्ग अवरुद्ध बनेको छ । सिन्धुलीमाढी–खुर्कोट नेपाल थोकखण्डमा पहिरो खसेर राजमार्ग अवरुद्ध बनेको हो ।

प्रहरीका अनुसार गोलन्जोर गाउँपालिकाको माथिल्लो बारामा खसेको पहिरो सफा गरेपछि केही घण्टा खुलेको राजमार्ग पुःन अवरुद्ध भएको छ । प्रहरी उपरीक्षक चक्रबहादुर सिंहका अनुसार वर्षा नरोकिएकाले पहिरो खस्नेक्रम जारी छ । मध्यपहाडी राजमार्ग अन्तर्गत खुर्कोट घुर्मी खण्डको गोलन्जोर गाउँपालिका ६ को हैवारमा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ ।

सल्यान– वर्षातका कारण सडक हिलाम्मे भएपछि सल्लीबजार–चौरजहारी सडक तीन दिन देखि अवरुद्ध भएको छ
उदयपुरमा वर्षातसँगैको बाढीपहिरोका कारण सिद्धिचरण राजर्मागको माथिल्लो खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । राजर्मागको मिर्चैया–कटारी, कटारी–वेतीनी खण्ड आंशिक रुपमा संचालनमा आए पनि वेतेनी–घुर्मी खण्ड पूणरुपले अवरुद्ध भएको छ ।

वेतेनी–घुर्मी खण्ड २५ किलोमिटर अर्न्तगत कटारी नगरपालिका– ११ ठाटीभन्ज्याङ्ग र लप्सेकोभीरसहित दर्जन बढी स्थानमा पहिरो गएका कारण सडक ठप्प भएको छ । हेटौंडाबाट राजधानी प्रवेश गर्ने त्रिभुवन राजपथ र छोटो दुरीको वैकल्पिक मार्ग दुवै आज बिहानदेखि अवरुद्ध भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here