देशको स्वार्थ हेरेर अघि बढ्छु : परराष्ट्रमन्त्री महरा

काठमाडौं, ३१ जेठ- उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले छिमेकी भारत र चीनसँगका सम्झौता र विकास सहकार्यलाई गति दिन सरकार लागिपर्ने बताएका छन् ।

सम्झौता भएर अघि नबढेका र ढिलो भएका कामलाई गति दिने विषय आफ्नो प्राथमिकतामा रहेको उनले बताए । भारत र चीनसँग मात्र होइन, अन्य मुलुकसँग भएका सहमति र सम्झौताको प्रगति हेर्ने काममा आफू व्यस्त रहेको भन्दै मन्त्री महराले राष्ट्रिय स्वार्थलाई ध्यान दिएर अघि बढ्ने बताए ।

‘छिमेकी र मित्र मुलुकलाई चिढ्याएर होइन, हार्दिकता राखेर आफ्नो अवस्था अथ्र्याएर अघि बढ्न सक्नुपर्छ,’ उनले भने । उनले चीनसंग स्थगित रहेको बैठकहरूलाई सुचारु गर्ने र भारतसँग भएका सम्झौताअनुरूपको कामको अवस्थालाई ध्यान दिएर अघि बढ्ने पनि बताए । ‘नेपालको राष्ट्रिय स्वार्थमा अडेर सबै मुलुकसँग मित्रभाव राख्दै हामी अघि बढ्ने हो । यसमा कत्ति पनि आँच आउन दिन्न ।

मन्त्रालयभित्र कुनै काम अडिएको छ भने त्यसलाई अघि बढाउनेछु । अनावश्यक विषयमा ध्यान जान पनि दिने छैन,’ परराष्ट्र मन्त्रालयका सबै महाशाखाबाट ब्रिफिङ सकिएलगत्तै बुधबार कान्तिपुरसँग संक्षिप्त कुराकानीमा उनले भने, ‘सरकार छिमेकी तथा अन्य मित्रराष्ट्रको स्वार्थमा होइन, मुलुकको स्वार्थ र संवेदनशीलतालाई ध्यानमा राखेर अघि बढ्नेछ ।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here