देशको शिर निहुरिने काम नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं, २१ चैत । प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणमा देशको शिर निहुरिने कुनै काम नगर्ने प्रतिबद्धता जनाउँदै विकासमा छिमेकीको सहकार्य जुटाइने बताएका छन्। चैत २३ देखि तीनदिने भारतको राजकीय भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले दुई देशबीच नयाँ सम्झौताभन्दा पुरानै सम्झौता कार्यान्वयनमा जोड दिने स्पष्ट पारे।

आफ्नो भारत भ्रमणबारे मंगलबार प्रतिनिधिसभा र राष्ट्रियसभालाई जानकारी दिँदै प्रधानमन्त्री ओलीले नयाँ सम्झौताको चाङ लगाउने भन्दा पुराना कार्यान्वयन र विकासमा सहकार्यको खोजी गरिने बताए।

‘देशलाई अप्ठ्यारो पर्ने, देशको शिर निहुरिने कुनै काम हुँदैन, गरिँदैन,’ प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा भने, ‘विकासमा सहकार्यका साथ ठूलै लाभ लिने प्रयत्न हुनेछ।’

अघिल्लो पटकको भारत भ्रमणमा पनि आफूले नयाँ सम्झौता नगरेको भन्दै ओलीले यसपटक पनि पुरानै सम्झौता कार्यान्वयनमा जोड दिइने बताए। ‘यसपटक पनि सम्झौताको चाङ लगाउने भन्दा पनि पुराना कसरी कार्यान्वयन गर्ने भन्नेमा जोड रहन्छ’, ओलीले भने, ‘नयाँ हुँदा पुराना बिर्संदै जानु हुन्न।’

नेपाल–भारतबीच बहुआयामिक सम्बन्ध र मित्रता रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कसै–कसैले त्यो सम्बन्ध बिगार्न खोजे पनि बिग्रँदैन र सप्रने ठाउँमा आइपुग्छ।’

नेपालले कसैप्रति अर्गेल्याइँ नगर्ने उल्लेख गर्दै ओलीले आफ्ना हितअनुकूल राखियो भने ‘सुन्न’ तयार हुनुपर्ने बताए। देश र जनताको अधिकतम हितलाई ध्यानमा राखेर नेपाल–भारत सम्बन्ध सुदृढ र मजबुत बनाई भ्रमणलाई उपलब्धिमूलक बनाइने ओलीले बताए। आजको अन्नपूर्णमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here