देशकै नमूना अभियान हनुमन्ते

काठमाडौँ, १ फागुन। हनुमन्ते नदी सफाइ मूल समारोह समितिले अहिलेसम्म ७२ मेट्रिक टन फोहर व्यवस्थापन गरेको छ।

वाग्मतीको सहायक नदीको रुपमा बग्ने उक्त नदी सफाइ अभियानको ५१औँ हप्ताको सन्दर्भमा आज आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले स्थानीयको श्रम र लगानीमा अभियानले देशकै नमूना सफाइ अभियानको रूपमा परिचित बन्न सफल भएको बताउनुभयो ।

उहाँले अब सफा सुन्दर हराभरा भक्तपुर, सुरक्षित भक्तपुर, उज्यालो भक्तपुर र सवारी चापमुक्त भक्तपुर बनाउन आफूले प्राथमिकता दिएकोे बताउनुभयो ।

सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापाले अभियानअन्तर्गत अरनिको राजमार्ग तथा त्यस आसपासका सम्पदा, मठमन्दिर सफाइ अभियान, गाउँटोल सफाइ गर्दै आएको बताउनुभयो ।

‘उठौँ, जागौँ, हनुमन्ते नदी सफा गर्न लागौँ’ भन्ने मूल नारासहित शुरु भएको उक्त अभियान यही फागुन ४ गते ५१ हप्तामा प्रवेश गर्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here