देशका सबै विद्यालय भवनको प्राविधिक परीक्षण हुने

काठमाडौँ, २२ असार- राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षाले भूकम्प प्रभावित जिल्ला बाहेक अन्य जिल्लाका सबै विद्यालय भवनकोे अवस्थामा अध्ययन एवं प्राविधिक परीक्षण गर्ने भएको छ ।

उक्त इकाईले हाल भूकम्प प्रभावित ३१ जिल्लाका सबै विद्यालय भवनको प्राविधिक परीक्षण एवं भूकम्पले क्षति पु¥याएका विद्यालयको भवन निर्माणमा आर्थिक एवं प्राविधिक सहयोग जारी राखेको छ ।

विद्यालय व्यवस्थापन समिति, गैरसरकारी सस्था, निजी भवन निर्माण व्यवसायी, अन्तर्राष्ट्रिय दातृ निकाय गरी तीन ढाँचामा इकाइले ती ३१ जिल्लाका ६ हजार १८५ विद्यालय भवन पुनःनिर्माण जारी राखेको छ । भूकम्पबाट प्रभावित नभएका जिल्लाका विद्यालयको पनि प्राविधिक परीक्षण गर्न लागिएको इकाईका प्रमुख एवं सहसचिव इमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

शिक्षा पत्रकार सञ्जाल ९इजोन०द्वारा भूकम्पले क्षति पु¥याएका विद्यालयका पुनःनिर्माण प्रगति र योजना विषयक आज यहाँ आयोजित कार्यक्रममा उहाँले विद्यालय भवन पुनःनिर्माणमा स्रोत र साधनको कमी नहुने जानकारी दिनुभयो ।

विसं २०७२ को भूकम्पले विशेष गरी ती ३१ जिल्लाका सात हजार ९२३ विद्यालयमा क्षति पुगेको थियो । तीमध्ये ३७० विद्यालय एक अर्कामा गाभिएका, ४५० विद्यालयका जग्गाको कारण तत्काल निर्माणमा सम्भव नदेखिएको इकाईले जनाएको छ । विद्यालय पुनःनिर्माण कार्यविधि अनुसार सरकारको विद्यालय पुनःनिर्माण कार्यमा एशियाली विकास बैँक, भारत, चीन र जापान सरकारले सहयोग गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here