देवनारायणको बुहारीले भारतीय अदालतमा बयान दिदै

सप्तरी,२० असोज– सप्तरी तिलाठी कोइलाडी गाउँपालिका २ का देवनारायण यादवका बुहारी ज्योती कुमारीले आज भारतीय अदालतमा बयान दिनुहुने भएको छ ।
भारतको सुपौल जिल्लास्थित बिरपुरको अनुमण्डलीय व्यबहार न्यायलयमा उहाँले बयान दिने कार्यक्रम छ ।
ज्योतीले वयान दिएपछि भारतीय प्रहरीको नियन्त्रणमा रहेको देवनाराण यादव र उहाँका छोरा अजययादवालाई रिहागर्ने सम्भावना रहेको सप्तरीको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताउनुभयो ।
ज्योतीलाई बयान दिन गत मंगलवारदेखि निरन्तर रुपमा पठाइ रहेको उहाँले बताउनुभयो । तर भारतीय पक्षले दुखदिने काम गरेको ज्योलीले गुनासो गर्नुभएको छ ।
बयानको लागी बोलाएर न्यायिक अधिकारीहरुले मुद्दा लम्ब्याउने काम गरिरहेको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here