देउवाविरुद्धको मुद्दाको बहस आज

web

काठमाडौं, २४ चैत–  नेपाली कांग्रेस र सभापति शेरबहादुर देउवालाई विपक्षी बनाई गत आइतबार दायर अदालतको अवहेलनाको मुद्दाको बहस आज हुँदैछ ।

सर्वोच्च अदालतले मंगलबारको पेशी स्थगित गरेर सो बहस आजलाई राखेको हो । सर्वोच्चले देउवाबाट अदालतको अवहेलना भएको ठहरेमा १ वर्ष सम्म कैद, १ लाख रुपयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ ।
अदालतको अवहेलना मुद्दा दायर भएपश्चात एकल इजलासमा सुनुवाई गरी विपक्षी उपर आदेश जारी गरी मुद्दा प्रकृया अघि बढाउने अदालती अभ्यास छ ।
नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विषयमा सर्वोच्च अदालतले गरेको फैसला आदेशले कार्यपालिकाको अधिकारमा हस्तक्षेप गरेको भन्दै उक्त निर्णय शक्तिपृथकिकरणको मान्यता भन्दा विपरित भएको भन्ने नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकको निर्णय र सभापति शेरबहादुर देउबा विरुद्ध मुद्दा परेको थियो । अधिवक्ता हरिप्रसाद मैनालीले निवेदन दर्ता गर्नुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here