दृष्टिविहीनहरूको शिक्षाकालागि संगीत

लाइन्स क्लब अफ काठमाडौं टेम्पलले शनिबार सुन्धारास्थित आर्मी अफिसर क्लबमा दृष्टिविहिन बालबालिकाका लागि च्यारिटी कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा विभिन्न क्षेत्रका कलाकारको बाक्लो उपस्थित थियो । दृष्टिविहीनहरूको शैक्षिक आवासीय तथा ट्रेनिङ सेन्टरका लागि संस्थाले सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।

दृष्टिविहिन बालबालिकाहरूका लागि यस्ता कार्यक्रममा आउदो दिनमा पनि संस्थाले आयोजना गर्दै जाने लायन्स क्लब अफ काठमाडौं टेम्पलका अध्यक्ष अरुण कुमार श्रेष्ठले बताए ।

तस्विरहरु : नवराज वाग्ले 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here