दुहबीमा जारी दोस्रो मनमोहन फुटवलमा रूपन्देही ११ र आर्मी खेल्दै

सुनसरी,२८ मंसिर–  सुनसरीको दुहबीमा जारी दोस्रो मनमोहन दुहबी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनलमा आज रूपन्देही ११ र सेनाको त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल दुहबी रंगशालामा दिउसो ३ बजे सुरु हुनेछ ।
विजेताले उपाधिका लागि शनिबार मनाङ मर्स्याङदी क्लबसँग प्रतिस्पर्धा गर्नेछ। बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा चर्चलाइ १–० ले हराउँदै मनाङले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
आर्मीसँग प्रतिस्पर्धा गर्न लागेको रूपन्देही–११ले हिमालयन शेर्पालाई ३–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गर्दा आर्मी मोरङ ११ लाई ४–२ गोल अन्तरले पाखा लगाउँदै सेमिफाइनलमा पुगेको हो। प्रतियोगितामा नेपालका ’ए’ डिभिजन स्तरका ८ टिमको सहभागिता छ ।

गोल्डकप विजेताले नगद ४ लाख र उपविजेताले २ लाख रुपैयाँसहित शिल्ड पाउने आयोजक क्लबका खेल संयोजक एवं सुनसरी जिल्ला फुटबल संघका अध्यक्ष दिलीप राईले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here