दुर्घटनामा एक महिलाको मृत्यु

तनहुँ,३० फागुन ।  पृथ्वीराजमार्गको आँबुखैरेनीमा ट्रक र स्कुटर ठोक्किँदा एक महिलाको मृत्यु भएको छ अर्का महिला गम्भीर घाइते भएकी छन् ।
पोखराबाट दमौली तर्फ आउँदै गरेको ग १ ख ४८५६ नम्बरको ट्रक र ग ८ प १८६५ नम्बर को स्कुटर एक आपसमा ठोक्किँदा दुलेगौंडा निवासी २५ वर्षी प्रतीक्षा भण्डारीको मृत्यु भएको हो ।
स्कुटर चालक दुर्गा अधिकारी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यलयका प्रमुख सिद्दिबिक्रम शाहले जानकारी    दिनुभयो । दुर्धटनामा गम्भीर घाइते भएकी अधिकारीलाई पोखरा अस्पतालमा भर्ना गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here