दुर्घटनामा एक जनाको मृत्यु

रुपन्देही,९ कार्तिक– रुपन्देहीमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

अन्य ३ जना घाइते भएका छन ।  प्रहरीका अनुसार सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बेहहियाको ना १ ग ५४१ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा सिद्धार्थनगर नगरपालिका ६  बस्ने १८ वर्षका प्रथम रसाइलीको मृत्यु भएको हो ।
मोटरसाइकलमा सवार १९ वर्षका शिशिर श्रेष्ठ र १६ वर्षका रसिक क्षेत्रीको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको   छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here