राष्टिय लोकदोहोरी गित प्रतिष्ठानलाई स्थापित र आकर्षक संस्था बनाउन सफल हुनु भएका चर्चित बरिष्ठ कलाकर्मी दुर्गा रायमाझीको अहिले सांस्कृतिक संघमा आवश्यकता महशुष गरिएको छ ।
देशभरबाट आएका सांस्कृतिक संघका प्रतिनिधिहरुले संघलाई पनि प्रतिष्ठानलाई झै स्थापित र संस्थागत गर्न रायमाझीको आवश्यकता भएको बताउने गरेका छन्।
रायमाझी अध्यक्ष हुनुभन्दा अगाडी सम्म संस्थागत हुन नसकेको, धेरै कलाकारहरु आवद्ध नभएको र मुल प्रवाहमा आउन नसकेको प्रतिष्ठानलाई उहाँले सवैको ध्यान खिच्ने साझा संस्थाको रुपमा स्थापित गराउनु भएको हो ।
प्रतिष्ठानको संस्थापक उपाध्यक्ष रहनु भएका रायमाझी प्रतिष्ठनद्धारा संचालीत कलाकार कल्याणकारी कोषको पनि संस्थापक अध्यक्ष हुनुहुन्छ । रायमाझीले सो कोषमा झण्डै एक करोड रुपैया संकलन गर्न अनेक मेहनत र सृजनात्मक उपायहरु लगाउनु भएको छ । सो कोषबाट अहिले सम्म धेरै कलाकारहरुले दुःख पर्दा सहयोग पाएका छन् ।
प्रतिष्ठानमा दुई कार्यकाल निर्विरोध अध्यक्ष बन्नु भएका रायमाझीको भद्र, निश्वार्थ र निष्पक्ष व्यक्तित्वका कारण प्रतिष्ठानमा उहाँको सामान्य समर्थन मात्रै पाउदा पनि प्रतिष्ठानको निर्वाचनमा भोट बर्सिने अवस्था रहेको जानकारहरु बताउछन् ।
उहाँको यही लोभलाग्दो “टावर पर्सनालिटी” र संस्थागत लगावलाई सांस्कृतिक संघमा उपयोग गर्न पाए संघपनि व्यवस्थीत र स्थापित संगठन बन्ने धेरैले आशा गरेका छन् ।
संघका अधिकाँश प्रतिनिधिले उहाँलाई संघको अध्यक्षमै उम्मेदवारी दिन दवाव दिँदा बर्तमान अध्यक्ष तिर्थ थापा समेत तर्सिनु परेको थियो । तर उहाँले भने सिधै अध्यक्ष बन्नु भन्दा पहिला महामन्त्री भएर काम गर्ने चाहना व्यक्त गरेपछि उहाँलाई अहिले निर्विरोध साझा महामन्त्री बनाउन उहाँका सुवेच्छुकहरुले प्रयास गरिरहेका छन् ।
लामो समयदेखि कलाकारहरुको हकहितका लागि क्रियाशिल रायमाझी बटौलीमा निम्तो छ मलाई, विना बादल असिना पानी, बेदनाको पोको, वयरघारीमा लगायतका दर्जनौ गितका गायक तथा सष्टा हुनुहुन्छ ।
कला, संस्कृति र भाषाभाषीको अध्ययन अनुसन्धानमा पनि निरन्तर क्रियाशिल रायमाझीले लामो समय रेडियो नेपालमा कार्यक्रम प्रस्तोता तथा मगर भाषाको समाचार बाचकको रुपमा पनि काम गर्नु भएको थियो ।
अनौपचारिक रुपमा बाल्यकाल देखि नै गितसंगीतमा लाग्नु भएका रायमाझीले देश विदेशमा सयौं सांस्कृतिक कार्यक्रम र प्रतियोगितामा उत्कृष्ट प्रस्तुती सहित सम्मानीत तथा पुरस्कृत हुनु भएको छ । उहाँ साँस्कृतिक संघबाटै पनि पुरस्कृत व्यक्तित्व हुनुहुन्छ ।
मोफसलको पहिलो डिजिटल रेकर्डिङ स्टुडियोको रुपमा पोखरामा फेवा डिजिटल रेकर्डिङ स्टुडियो खोलेर सयौं कलाकारलाई कला क्षेत्रमा प्रवेश गराउनु भएका रायमाझी लोकसंगीत पत्रिकाका प्रकाशक तथा प्रधान सम्पादक समेत हुनुहुन्छ ।
२०४९ सा%

