दुब्र्यवहारमा पर्ने बालिकाको संख्या दोब्बर

खोटाङ,२५ असोज– खोटाङमा हिंसा तथा दुब्र्यवहारमा पर्ने बालबालिकामध्ये बालिकाको संख्या दोब्बर रहेको पाइएको छ ।
महिला तथा बालबालिका कार्यालयमा गत बर्ष यससम्बन्धी आएका १९ घटनामध्ये १३ जना बालिका र ६ जना बालक तथा यो बर्षको हालसम्म आएको ४ घटनामध्ये ४ वटै बालिका हिंसा तथा दुब्र्यवहार सम्बन्धी रहेको तथ्याङकमा उल्लेख छ ।
४९ दशमलब ८ प्रतिशत बालबालिका रहेको जिल्लामा विद्यालयमा बढी बाल हिंसाका घटना हुने गरेकोे पाईएकोे महिला तथा बालबालिका कार्यालयका बाल संरक्षक नायब सुब्बा बिदुर आचार्यले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here