दुई सांसद निलम्बित अवस्थामा

काठमाडौं, ७ माघ। दुई सय ७५ सदस्यीय प्रतिनिधि सभाका दुई सांसद निलम्बित अवस्थामा रहेका छन् । यसैकारण सभामुख कृष्णबहादुर महराले भर्खरै शपथ गराएका सांसद रेशम चौधरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोले भ्रष्ट्राचार अभियोगमा मुद्दा चलाएका सांसद हरिनारायण रौनियारले प्रतिनिधि सभाको चालु अधिवेशनमा भाग लिन पाएका छैनन्।

कैलाली क्षेत्र नं. १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) सांसद चौधरीलाई सभामुख महराले पुस १९ गते पद तथा गोपनीयताको शपथ गराएका थिए। सभामुखको कार्यकक्षमा शपथपछि सांसद चौधरीलाई डिल्लीबजार कारागारमै फिर्ता लगिएको थियो।

स्रोतका अनुसार सभामुख महरालाई जेलमै गएर सपथ गराउन सरकारको तर्फबाट आग्रह भए पनि उहाँले त्यहाँ नजाने अडान राखेका थिए। यो समाचार नागरिक पत्रिका दैनिकमा छापिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here