काठमाडौं,२ जेठ । सरकारले डिजिटल नेपाल ९स्मार्ट नेपाल० को अवधारणा अघि सारेको बेला सरकारी निकायका दुई सय वेबसाइट ह्याक डिफेसेज भएको सूचना प्रविधिका विज्ञहरुले बताएका छन् ।
विज्ञका अनुसार डिजिटल नेपाल हुनका लागि पूर्वाधार तयार भइसकेको छैन । बुधबार ‘सुबिसु कन्क्लेभ २०१९’ मा विज्ञहरुले नेपाललाई थप स्मार्ट बनाउन अझै केही समय लाग्ने दाबी गरे । कार्यक्रममा भैरव टेक्नोलोजीका सिइओ सरोज लामिछानेले हाल नेपालकै सरकारी वेबसाइटहरु सुरक्षित नभएको दाबी गरे । आजको नागरिक दैनिकमा खबर छ ।

