दुई महिनाको अवधिमा रेविजको संक्रमणबाट ६ जनाको मृत्यु

काठमाडौं,१८ असारःराजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुई महिनाको अवधिमा रेविजको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।

वैशाखमा चार र जेठमा दुई जनाको रेविजको संक्रमणबाट मृत्यु भएको अस्पतालका रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले बताउनुभयो । ढिला गरी अस्पताल पुगेकाले उनीहरुको मृत्यु भएको अस्पतालले जनाएको छ ।

रेविज सम्बन्धी जानकारी भएपनि मानिसले हेलचक्र्याई गर्दा बिरामीको मृत्यु हुने गरेको डा. पुनको भनाई छ । रेविजको संक्रमणबाट गतवर्ष १७ जनाको मृत्यु भएको अस्पतालको तथ्याङ्क छ ।

रेविज रोगमध्ये ९९ प्रतिशत कुकुरको टोकाइबाट हुने गर्छ । विश्वव्यापी रुपमा वर्षेनी ५९ हजार मानिसको रेविजका कारण मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठन डब्लु.एच.ओको तथ्याङ्क छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here