दुई बालकको शव भेटियो

काठमाडौं,१२ भदौंः स्मार्टकार्ड छाप्ने मेसिन बिग्रिएपछि यातायात व्यवस्था विभागले कागजकै कार्ड दिने तयारी  थालेको छ । विभागमा रहेको अधिकांश स्मार्ट कार्ड प्रिन्टर बिग्रिएको हो ।

विभागमा भएको ९ वटा प्रिन्टर मध्ये एउटा पहिलेदेखि नै बिग्रिएको थियो भने अरु पुराना ४ वटाले पनि काम गर्न छोडेको हो ।

‘पुराना प्रिन्टरमा समस्या आएको हो, यसलाई बनाए पनि फेरी बिग्रने सम्भावना हसने बताइएको छ । प्रत्येक प्रिन्टरले एक लाख कार्ड छाप्न सक्छ ।

त्यस्तै गत असारको पहिलो हप्ता आएको ४ वटा प्रिन्टरले अझै राम्रोसँग काम गर्न सकेको छैन । प्रिन्टरले काम नगरेकाले प्रिन्टरको भुक्तानी समेत नगरिएको विभागले जनाएको छ ।

अहिले दैनिक ४ हजार लाइसेन्सको माग छ भने छपाई भने मुस्किलले ३ हजार मात्र छ । त्यस्तै ५ लाख चालक ट्रायल कटाएर लाइसेन्सको पर्खाइमा छन् ।

विभागले यो आर्थिक वर्षमा मास प्रिन्टर ल्याउने तयारी गरेको छ । ठेक्का प्रकृयामा गएर मेसिन आइपुग्न धेरै समय लाग्छ । मास प्रिन्टर नआउन्जेल अस्थाई कागजी लाइसेन्स दिने तयारी गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here