दुई दिनभित्रै पार्टी एकताको टुंगोः अध्यक्ष दाहाल

web

काठमाडौँ, १८ वैशाख- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले एकाध दिनभित्रै पार्टी एकताको विषयमा ठोस प्रगति हुने बताउनुभएको छ ।

अध्यक्ष दाहालले भन्नुभयो, “नेकपा(एमाले) र माओवादी केन्द्रबीचको एकता प्रक्रिया सम्पन्न हुने चरणमा रहेको छ । केही दिनभित्रै हामी त्यसलाई ठोस निष्कर्षमा पु¥याउछौँ र विश्व समुदायलाई नयाँ सन्देश दिन्छौँ ।”

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज विभिन्न पेशागत महासंघ र टे«ड यूनियनसँग आबद्ध संघ–संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कार्ल माक्र्सको द्विशतवार्षिकीको अवसरमा नै एकता प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउने तयारी भइरहेको बताउनुभयो ।

एकता प्रक्रिया नेपाली कम्युनिस्ट, नेपाली जनता र विश्वका श्रमजीवी जनताको सम्पत्ति भइसकेको उल्लेख गर्दै उहाँले यस अभियानबाट कोही पनि पछाडि फर्कने अवस्था नभएको स्पष्ट पार्नुभयो ।

“एकता प्रक्रिया अगाडि बढ्दैन कि, यो बीचमै रोकिन्छ कि भनेर भ्रम पाल्नु आवश्यक छैन । प्रक्रिया धेरै अगाडि बढिसकेको छ । विश्व श्रमिक दिवसका दिन यस्तो जानकारी गराउन पाउँदा माओवादी केन्द्र र पार्टी एकता संयोजन समितिको तर्फबाट मलाई गौरव लागेको छ”–अध्यक्ष दाहालले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here