काठमाडौं,७ फागुन ।नेकपा नेता माधवकुमार नेपालले दुई तिहाइको सरकारले घमण्ड गर्नु शोभनीय नहुने बताउनुभएको छ ।
रौतहटको गौरमा महिला साइकल दौड प्रतियोगितामा पुरस्कार वितरण गर्दै नेता नेपालले सरकार घमण्डले ग्रसित हुन जरुरी नभएको टिप्पनी गर्नुभयो ।
विनम्रताले जनताको मन जित्न सकिन्छ। जति घमण्ड बढ्दै जान्छ त्यति नै जनतासँग दूरी बढ्दै जान्छु, नेपालले भन्नुभयो । सरकारले एक वर्षमा नयाँ काम गर्न कोसिस मात्रै गरेको बताउनुभयो ।
तराई मधेस हुलाकी राजमार्ग, पूर्व पश्चिम रेल, विद्युत उत्पादन तथा पर्यटन प्रबर्द्धन, सामाजिक सुरक्षा कार्यक्रम, तराई मधेस सम्बृद्धि कार्यक्रम लगायतका योजना सरकारको नयाँ कामको कोसिस भएको दावी गर्नुभयो ।
प्रदेश सरकार परिवर्तनको संकेत गर्दै नेता नेपालले संघमा नेकपाको सरकार रहेको र त्यसमा फोरम सहभागी रहेको बताउँदै प्रदेश २ मा पनि ३२ सिटसहित नेकपा पहिलो र फोरम दोश्रो स्थानमा रहेकाले प्रदेशमा कुनै पनि बेला सरकार परिवर्तन हुन सक्ने धारणा राख्नुभयो ।

