दुई ट्रक जुध्दा एक जनाको मृत्यु

चितवन, २९ वैशाख । पूर्वपश्चिम लोकमार्गअन्तर्गत राप्ती नगरपालिका–६ पम्फा पुलमा आज बिहान दुई ट्रक जुध्दा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुरतर्फ आउँदै गरेको भारतीय पिपि०५एबी ९४९४ नंको डिब्बावाला ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको ना छ ख ६८३ नंको ट्रक आज बिहान जुध्दा गम्भीर घाइते भएका भारतीय ट्रकका चालक पञ्जाब फेरेजपुर बस्ने ३५ वर्षीय सुकदेव सिंहको उपचारका क्रममा मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here